नेपालले गुमायो ६५ रनमा पहिलो विकेट

रातोघर

 २०८० भाद्र १८, सोमबार  मा प्रकाशित
४०६ पाठक संख्या


काठमाडौं ।

एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ ।

१०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् ।

उनलाई शार्दुल ठाकुरले आउट गरे ।व्यक्तिगत २२ रनमा रहेका बेला कुशलले अम्पायरलाई एलबीडब्लू आउट दिए पनि डीआरएसबाट निर्णय उल्टिएको थियो ।नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । आसिफ शेख २३ रनमा खेल्दैछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban