वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
२९० पाठक संख्या


काठमाडौँ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको छ।

शव श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म सभागृहमा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

काठमाडौँ क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति समेत रहेका रिजालको भाइरल निमोनियाबाट आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । 

उनी केहीदिन अघि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा डेंगीको संक्रमण देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान निधन भएको हो । 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban