वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बस चिनी र साडी बरामद

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
५८६ पाठक संख्या


वीरगञ्ज ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बिहिबार दिउँसो चिनी र साडी प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख १२६२ नम्बरको यात्रु बाहक बस चिनी र साडी बरामद गरेको हो ।

प्रहरीका अनुसार बसको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा भन्सार छलि गरेर ल्याएको ५० केजी दरको ७ बोरा चिनी र ९० थान साडी बरामद गरिएको हो । उक्त चिनी र साडीको बजार मुल्य १ लाख २१ हजार ५०० बराबरको रहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban