

काठमाडौं ।
अब करिब दुई हजार कैदीले जेल बाहिरै बसेर कैद भुक्तान गर्न सकिने भएका छन् । खुला कारागारको अवधारणा अन्तर्गत पहिलो चरणमा उनीहरुले जेल बाहिरै बस्ने सुविधा पाउने भएका हुन् ।
मंगलबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले सो बारे जानकारी गराएका हुन् ।उनका अनुसार, समय–समयमा कारागारमै उपस्थित हुनुपर्ने गरी जेल बाहिर बसेर कैद भुक्तान गर्न सक्ने गरी कार्यविधि बनेको हो ।
उक्त सुविधा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कसुरदारले पाउनेछन् ।
तर, जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, तेजाब आक्रमण, मानव बेचबिखन, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना, मानवताविरुद्धको अपराधजस्ता नकारात्मक सूचीका अपराधमा संलग्न कसुरदारले भने यो सुविधा नपाउने उनले बताए ।





Write your Comment