आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

रातोघर

 २०८० कार्तिक १६, बिहिबार  मा प्रकाशित
२९१ पाठक संख्या


वीरगञ्ज । 

देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्।

यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban