

काठमाडौँ ।
नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ ।
गएको शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार चाँदी आज प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।





Write your Comment