राष्ट्रपतिको युरोप भ्रमण स्थगित

रातोघर

 २०८० कार्तिक २०, सोमबार  मा प्रकाशित
४६५ पाठक संख्या


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।

‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले अनलाइनखबरसँग भने ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु  र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban