

काठमाडौं ।
हिन्दु धर्ममा पूजाको बेला दियो जलाउने वा बत्ती बाल्नुलाई विशेष महत्व दिइन्छ । तपाईंले देख्नुभएको होला कतिपयले तीलको तेलमा दियो बाल्छन् भने कतिपयले घ्यूमा बाल्ने गर्छन् ।यस्तोमा ज्योतिष विशेषज्ञबाटै जानौं कुन तेलमा दियो बाल्न सबैभन्दा शुभ मानिन्छ पूजाको क्रममा घ्यूमा दियो बाल्नु एकदमै शुभ मानिन्छ । यसमा दियो बाल्दा घरको नकारात्मकता टाढा भाग्छ र जीवनमा सुखशान्ति आउने मान्यता रहेको छ ।
घ्यूको दियो देवीदेवताप्रति समर्पित हुन्छ । त्यस्तै घ्यूमा दियो बालेर देवताको दाहिने राख्दा एकदमै शुभ मानिन्छ ।गाईको घ्यूमा दियो बाल्दा घरबाट दरिद्रता टाढा जाने मान्यता छ । यसले धन लाभ तथा परिवारको स्वास्थ्य पनि राम्रो भइरहने ज्योतिषशास्त्रमा बताइएको छ ।त्यस्तै पूजा गर्ने समयमा तीलको तेलमा दियो बाल्नाले दोष समाप्त हुने मान्यता छ । यसले जीवनका समस्यालाई कम गर्न पनि सहयोग गर्छ ।
कतिपय ठाउँमा घ्यू उपलब्ध नहुँदा तीलको तेलमा पनि दीपक जलाउने गरिन्छ । यो तेलमा बालेको बत्तीलाई भने देवीदेवताको बायाँतिर राख्नुपर्दछ ।त्यस्तै तोरीको तेल पनि अत्यधिक प्रयोग गरिन्छ । यो जहाँ पनि उपलब्ध हुने भएकाले धेरैले यही तेलमा दियो बाल्ने गर्छन् । यो पनि एउटा सजिलो विकल्प हो ।शनि ग्रह सम्बन्धी दोष कम गर्नका लागि तोरीको तेलमा दियो बाल्ने गरिन्छ । यो तेलमा दियो बाल्दा रोग व्याधी कम हुने विश्वास गरिन्छ ।





Write your Comment