नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशले गर्‍यो १ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रातोघर

 २०८० कार्तिक २५, शनिबार  मा प्रकाशित
३४३ पाठक संख्या


वीरगञ्ज ।

नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशले सप्तरीको सुरुङ्गा नगरपालिकामा शैक्षिक सामग्री वितरण गरेको छ ।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर २ मा रहेको श्री जनता आधारभुत विद्यालय कमलपुरमा नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशले शैक्षिक सामग्री वितरण गरेको हो ।

श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष सरला भट्टराइले विद्यालयका एक सय जनालाई विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।विद्यायलयमा अध्ययनरत खासगरी अल्पसंख्यक, सिमान्तकृत र पिछिडिएको समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष भट्टराइ बताउँछिन् ।

उनका अनुसार श्री जनता आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो अल्पसंख्यक, सिमान्तकृत र पिछिडिएको समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभावका कारण पढाइमा असर नपरोस भन्ने उद्देश्यले वितरण गरिएको श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष भट्टराइको भनाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban