विपिन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि

रातोघर

 २०८० मंसिर ४, सोमबार  मा प्रकाशित
३७८ पाठक संख्या


काठमाडौं ।

इजारयलमा बेपत्ता भएका नेपाली विद्यार्थी हमासको नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।इजरायलको किब्बुज(अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ।उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र जोखी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ।यद्यपी परराष्ट्र मन्त्रालयले भने इजरायलमा नेपाली विद्यार्थी जोशी सकुशल रहेको भन्दै उद्दारको प्रयास भइरहेको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban