पर्साको पटेर्वासुगौलीमा हात्तीले ५ जनाको घर भत्कायो

रातोघर

 २०८० मंसिर ६, बुधबार  मा प्रकाशित
४५३ पाठक संख्या


पचगावाँ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर–४ टोल पथलवाघाटमा गएराती २ बजे राष्ट्रिय जंगलबाट आएको हात्तीले ५ जनाको घर भत्काएको छ ।

स्थानीय मेघनाथ राम, राजदेव राम, दसै राम, आसा माझी, गणेश मुसहर र बिश्वानाथ मुसहर गरी ५ जनाको घर भत्काएको हो । साथै हात्तीले स्थानीयको घरमा रहेको धान, चामल र खाद्यान्नहरु खाएर नष्ट गरिदिएको छ ।

स्थानीयले आगो बालेर पटका पटकाई हात्ती धपाएको स्थानीय बिरबहादुर रामले जानकारी दिनुभयो । बन कर्मचारी र स्थानीय प्रहरीलाई खबर गर्दा पनि नआएको स्थानीयले गुनासो गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban