

सिंगौल ।
निजगढ नगरपालिकाको ३ नम्बर वडा कार्यालय सिंगौलले सुक्रबार स्थानिय जेष्ठनागरिक,असाहय र अतिविपन्नलाई न्यानो कपडा कम्बल वितरण गरेको छ ।
वडा अध्यक्ष गोकुल प्रसाद तिम्मल्सिनाले सितलहर प्रभावितलाई न्यानो कपडा कम्बल वितरण कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा वडा नं.३ का जेष्ठनागरिक ,असाहय र अतिविपन्न गरी १४० जनालाइ न्यानो कपडा कम्बल वितरण गरिएको थियो ।
वडा कार्यालयको बजेटबाट खरिद गरिएका कम्बल शितलहर प्रभावितका लागि वितरण गर्ने कार्यक्रममा निजगढ नगरकार्यपालिका सदस्य मान बहादुर डाँसेली, वडा नं ३ वडा सदस्य बुर्गान कुमारी थोकर, चनी बि.क. ,जित बहादुर लोप्चन सहभागि थिए ।
यस्तै वडा सचिव हिरालाल राना, शान्ति टोल सुधार समितिका अध्यक्ष रित बहादुर वल तामाङ र स्थानिय सामाजिक अगुवा पेमा लामा लगायतको उपस्थिती रहेको थियो । जाडोमा वडा कार्यालयबाट कम्पल पाउँदा खुशी लागेको कम्बल पाउनेहरुले बताए ।





Write your Comment