१७ कठ्ठा गाँजा खेती फडानी गरी नष्ट

पुष्पराज खतिवडा

 २०८० माघ ६, शनिबार  मा प्रकाशित
३८० पाठक संख्या


बारा ।
प्रहरीले जिल्लाका दुई स्थानमा अबैध रुपमा लगाईएको १७ कठ्ठा गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।

सिम्रौनगढ नगरपालिका वडा नं.१ र ७ खजानीमा १० कठ्ठा त्यसैगरी निजगढ नगरपालिका वडा नं.१३ डम्बरपुरमा ७ कठ्ठामा लगाईएको लागुऔषध गाँजा खेती सुक्रबार नष्ट गरेको हो ।

गाँजा खेती लगाईएको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा निजगढबाट खटिएको प्रहरी टोलीले अबैध लागुऔषध गाँजा खेती नष्ट गरेको प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban