

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले नर्मिला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने बताएका छन् । आज महेन्द्रनगरमा प्रेस युनयिन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नर्मिला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लएिको बताए । “यो प्रकरण मैले गम्भीरताका साथ लएिको छु, यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ ।” उनले भने ।
त्यसैगरी पत्रकार सम्मेलनमा उनले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा वकिास गर्ने बताए । “कञ्चनपुरलाई त्रदिेशीय नाका बनाउने कुरा अघिबढसिकेको छ ।”उनले भने-“नकिट भवष्यिमा नै दार्चुलाको तिङकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा नर्णिय भएको छ यसले चीन सँग जोड्छ ।”
उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह नर्मिाण गर्न छमिेकी मुलुक भारत तयार रहेको बताए । “दुई तीन महनिाभत्रिै सुख्खा बन्दरगाह नर्मिाणका लागी भारतले टेन्डर आह्वान गर्छ ।” गृहमन्त्री लेखकले भने-“छट्टिै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।” पत्रकार सम्मेलनमा उनले संसदमा भएका दुई ठुला दलहरूबचि सहमत िभएर नयाँ राजनीतकि समीकरण बनेकोले बताउँदै सहमती कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे । “दुई दल बचि सात बुँदे सहमत िभएर सरकार नर्मिाण भएको छ ।” उनले भने-“यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।”
तीन दनिे भ्रमणमा गृह जल्लिा पुगेका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गरे । त्यसैगरी उनले बाढी प्रभावति क्षेत्रको स्थलगत अवलोकन गरे ।





Write your Comment