समाजवादी पार्टीको युवा संघ नेपालको कलैया नगरकमिटी सर्वसम्मत चयन, खरेललाई सम्मान

रातोघर

 २०८१ भाद्र २९, शनिबार  मा प्रकाशित
६८० पाठक संख्या


बि.पी.भट्ट,बारा । एकिकृत समाजवादी पार्टीको भातृसंगठन युवा संघ नेपालको कलैया नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार बाराको कलैया स्थित रहेको जिल्ला पार्टी कार्यालयमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले कलैया नगर कमिटीको अध्यक्षमा तारिफ अन्सारी,उपाध्यक्षमा नाजिर हवारी,सचिवमा आशिष गुप्ता,उप सचीवमा दिपेस शर्मा सहित २१ सदस्य कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ ।

युवा संघ नेपाल कलैया कमिटी निर्वतमान अध्यक्ष हरिओम गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम पार्टीका नवनिर्वाचित केन्द्रिय सदस्य हिमाल चन्द्र खरेलको प्रमुख आतित्यथामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी हिमाल चन्द्र खरेललाई केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्याकालको सुभकामना सहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्य सुरेश मोदक,पार्टीको जिल्ला कमिटी सचिव बिक्रम ठाकुर,पार्टीको जिल्ला उपसचिव ध्रुव यादव, युवा संघ नेपाल मधेश प्रदेश सचिव गणेश रिजाल, युवा संघ नेपाल बाराका जिल्ला अध्यक्ष आर.के. भट्टराई लगायतका पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

सम्मन्न अधिवेशनको निर्वाचन अधिकृत कलैया नगर कमिटीका अध्यक्ष अरुण खनाल रहेको उक्त कार्यक्रमको संचालन युवा संघ नेपाल बाराका जिल्ला सचिव पुरुषोतम लामाले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban