जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिता मंगलबारदेखि,पुर्वमन्त्री श्रेष्ठले उद्घाटन गर्ने

रातोघर

 २०८१ आश्विन १, मंगलबार  मा प्रकाशित
३६१ पाठक संख्या


सिमराः देशकै सर्वाधिक राशिको जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको चौथो संस्करण आज मंगलबारदेखि सुरु हुँदैछ । सिमरा भेट्रान क्लबले प्रतियोगिता आयोजनामा असोज १ गतेदेखि सिमरा रंगशालामा प्रतोयोगिता सुरु हुन लागेको हो ।

पुर्व श्रम तथा रोजगार मन्त्री तथा बारा क्षेत्र नं.४ का संघिय सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले प्रतियोगिताको उद्घाटन गर्ने आयोजक कमिटीले जनाएको छ । मंगलवार दिउँसो ३ बजे सिमरा रंगशालामा प्रतियोगिताको उद्घाटन भई असोज ५ गतेसम्म प्रतियोगिता संचालन हुने छ ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गर्नेछन् । विजेताले प्राप्त गर्ने उक्त प्रथम नगद पुरस्कार देशभरीमै आयोजना हुने भेट्रान फूटबल प्रतियोगिता मध्येकै सर्वाधिक रहेको आयोजकको जनाएको छ ।

आयोजकले गत वर्षको पुरस्कार राशिमा एक लाख थप गर्दै तीन लाख पुर्याएको हो । अघिल्लो वर्ष विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको थियो ।

आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले देशभरीकै सर्वाधिक राशिको नगद पुरस्कारसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए । सिमरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले प्रतियोगितामा नेपाल र भारतका गरी १४ टिमको सहभागिता रहने जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगितालाई हुलास स्टील्स्ले मुख्य प्रायोजन गर्ने भएको छ भने सहप्रायोजकमा जगदम्बा स्टील्स्, नेपाल ल्यूब आयल, युआर गोल्ड प्रिमियम मसला रहेका छन् । प्रतियोगितालाई जीतपुरसिमराका सबै वडा र क्वेस्ट फर्मास्युटिकल्सले सहयोग गर्ने समेत अध्यक्ष राउतले जनाएका छन् ।

सोमबार भएको पत्रकार सम्मेलनमा बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, नवजनजागृती युवा क्लबका बरिस्ठ उपाध्यक्ष शंकर थापा, आयोजक क्लबका सचिव हरी चौधरी लगायत उपस्थित थिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban