बिभिन्न विधाबाट सम्मान गर्दै घण्टीमाई साकोसको १२ औं बार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न…

रातोघर

 २०८१ आश्विन ५, शनिबार  मा प्रकाशित
३२२ पाठक संख्या


सिमरा । घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि.,औराहा बाराको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा वडा नं.४ देवआश्रममा संस्थाले एक कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त सभाले बिभिन्न बिधाबाट २ दर्जनभन्दा बढी ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । संस्थाले पाँच हजार नगद राशीसहित यो वर्षको सहकारी पत्रकारिता सम्मान पत्रकार भण्डारीलाई प्रदान गरेको छ ।

साधारण सभामा संस्थाले जेष्ठ शेयर सदस्य, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी,उत्कृष्ट बचत कर्ता लगायतलाई सम्मान गरेको थियो । अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक संचालक सदस्य मिनराज कंडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, पूर्व उपप्रमुख सरस्वतीदेवी चौधरी लगायतले बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेका थिए ।

साधारणसभाको उद्घाटन सत्रमा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । संस्थाकी अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban