उपमहानगरमा हाजिर गर्न भनी आएका सहसचिव भारती हाजिर नगरी काठमाण्डौं फर्किए

रातोघर

 २०८१ आश्विन ७, सोमबार  मा प्रकाशित
५०३ पाठक संख्या


सिमरा । उपमहानगरमा हाजिर गर्न भनी आएका सहसचिव वीरेन्द्र देव भारती हाजिर नगरी चितवन हुदैं काठमाण्डौं फर्किने भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विवाद सर्वोच्च अदालतमा बिचाराधिन रहेको अवस्थामा नेपाल सरकारको सहसचिव भारती उपमहानगरपालिकामा हाजिर हुन आई पुगेका थिए ।

२०८१ भाद्र २७ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को बैठकले जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा भारतीलाई खटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भारती सोमबार विहान ९ बजे यति एयरलाईन्सबाट जीतपुरसिमरा आएका हुन् । उपमहानगरपालिकाका मेयर राजन पौडेलले आईतवारनैं सहसचिव वीरेन्द्र देव भारतीलाई आफुले उपमहानगरपालिकाको कार्यालयमा हाजिर गराउन असर्मथ रहेको भनी पत्रचार गरेका थिए ।

मेयर पौडेलले गरेको पत्रचारमा कानुनी अवरोद्ध रहेकोले हाजिर गराउन असर्मथ रहेकोले भन्दै भारतीलाई जानकारी गराएका थिए । करिब ११ बजे उपमहानगरपालिकाको कार्यालय पुगेर मेयर पौडेल र उपमेयर भोला प्रसाद अधिकारी सँग भेटेर सामान्य छलफल गरी हाजिर समेत नगरी सहसचिव भारती कार्यालयबाट बाहिरिएका थिए ।

मेयर पौडेलको पत्रलाई उदृत गर्दै अब तपाई हाजिर गरेर आफ्नो कामकाममा खटिनु हुन्छ की ? काठमाण्डौं फर्किनु हुन्छ? भन्ने रातोघर मिडियाले गरेको प्रश्नमा सहसचिव भारतीले आफु नेपाल सरकारको कर्मचारी भएकोले नेपाल सरकारले खटाएको ठाँउमा जानु पर्ने भएकोले उपस्थित भएको हुँ तर राजनितिक विवादमा आफु पर्न नचाहेको, उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको बिषयको मुद्दा सर्वोच्च अदालतमा बिचराधिन रहेकोले आफु हाजिर हुदाँ अदालतको अवहेलना हुने भएकोले हाजिर नगरी आजै चितवन आएको र उनले आफु काठमाण्डौनैं फर्किएर मन्त्रालयलाई सम्बन्धित बिषयको जानकारी गराउने बताए ।

उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयको मुद्दा अदालतमा विचाराधिन रहेको र सम्माननीय सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशद्वारा उर्मिला काफ्ले नै प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेको अवस्थामा अदालतको अवहेलनाको मुद्दा आकर्षित हुने भएकोले तपाँइलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गराई यस उपमहानगरपालिकामा कामकाज गराउन असमर्थ रहेको व्यहोरा जानकारी गराउँदछु भनी मेयर पौडेलले सहसचिव भारतीलाई गरेको पत्रचार आफुले प्राप्त नगरेको उनले जिकिर गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाण्डौ,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश, जनकपुरधाम, र कामकाज गरिराख्नु भनी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई समेत सोही पत्रको बोधार्थ दिईएको छ ।

थपः पत्रमा यस्तो लेखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban