गर्मीका कारण वीरगञ्ज महानगरका विद्यालयमा दुई दिन पठनपाठन स्थगित

रातोघर

 २०८१ आश्विन ८, मंगलबार  मा प्रकाशित
२०८ पाठक संख्या


वीरगञ्ज – गर्मी बढेका कारण वीरगञ्ज महानगरपालिकाले महानगरका विद्यालयमा दुई दिन पठनपाठन स्थगित गरको छ। सोमबार महानगरले सूचना जारी गरेर महानगरका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन मंगलबार बुधबार दुई दिन स्थगित गरेको हो । सूचना जारी गरेर महानगरका सबै सामुदायिक र संस्थागत विद्यालयमा असोज ८ र ९ गते प्रशासनिक कार्य सुचारु गर्ने गरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठन स्थगित गर्न जानकारी गराएको छ।

‘केही दिनदेखि बढदो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै असोज ८ र ९ गते दुई दिनको लागि विद्यालयको प्रशासनिक कार्य सुचारु गर्ने गरि विद्यार्थीहरुलाई गृहकार्य दिई घरमा अध्यन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठन समबन्धि कार्य स्थगित गर्न गराउन हुन समबन्धित सबै विद्यालयको जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।’ सोमबार नै पर्साको पोखरिया नगरपालिकामा रहेको विद्यालयमा विद्यार्थी गर्मीका कारण बेहोस भएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban