रानीघाट पुलबाट किशोरीले हाम फालिन, बाढीको तेज बहावले बेपत्ता

रातोघर

 २०८१ आश्विन १३, आईतबार  मा प्रकाशित
३२३ पाठक संख्या


वीरगञ्ञ्जको रानीघाट पुलबाट आज ९आइतबार० बिहान एक किशोरीले सिर्सिया नदीमा हाम फालेको खबर प्राप्त भएको छ ।प्रत्यक्षदर्शीहरूका अनुसार, बिहान करिब सवा ९ बजेतिर करिब १५र१६ वर्षकी एक किशोरीले रानीघाटबाट रामगढवा जाने सडकमा रहेको पुलबाट नदीमा हाम फालेकी थिइन् । नदीमा केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले ती किशोरीलाई तुरुन्तै बगाएको छ, जसका कारण उनी अहिले बेपत्ता छिन् ।

स्थानीय युवा राजकुमार सर्राफले घटनापछि तत्काल प्रहरीलाई खबर गरिएको र खोजी कार्यका लागि प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । किशोरीलाई नदीले बगाएपछि उनको पहिचान अझै खुल्न सकेको छैन, जसले घटनालाई अझै गम्भीर बनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डिएसपी० दीपक भारतीले पनि पुलबाट एक किशोरीले हाम फालेको सूचना प्राप्त भएको पुष्टि गर्दै घटनास्थलमा प्रहरी परिचालित भएको र खोजी कार्य जारी रहेको बताए । उनले नदीमा आएको बाढीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको पनि उल्लेख गरे ।

अविरल वर्षाले नदीमा बाढीको अवस्था खतरनाक बनेको हुँदा खोजी कार्यमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीलाई कठिनाइ भइरहेको छ । सम्बन्धित निकायले नदीको बाढीको बहावलाई ध्यानमा राख्दै खोजी कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । अहिलेसम्म ती किशोरीको उद्धार वा कुनै सुराकी भेटिएको छैन । नदीको बहाव निकै तेज रहेको र खोजी कार्यलाई निरन्तरता दिइरहेको प्रहरी स्रोतले बताएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban