रौतहटमा प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ६९१ प्रहरी परिचालन

रातोघर

 २०८१ आश्विन १८, शुक्रबार  मा प्रकाशित
२५९ पाठक संख्या


रौतहटमा प्रहरीले बिहिबारदेखि चाडपर्ब लक्षित सुरक्षा योजना लागू गरेको छ। नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएसँगै छठ पर्वसम्म कात्तिक २३ गतेसम्मका लागि जिल्लाभरिमा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ। बडादशैंदेखि छठपर्वसम्म हुने यात्रा, मूर्ति सेलाउने, मेलामा हुने साँस्कृतिक कार्यक्रमका लागि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका निम्ति सूचना अधिकारी रामकुमार महतोले जानकारी दिए।

यस अवधिमा जिल्लाभरिमा कुल ६ सय ९१ प्रहरी परिचालन हुने उनले बताए। योजनाअन्तर्गत गौर तथा चन्द्रपुर बसपार्क गरी दुई स्थानमा आठ जना प्रहरीसहित यात्रु सहायता कक्ष स्थापना गरिएको महतोले बताए। यस्तै, चन्द्रपुर, गौर बसपार्क, कोप्वा पिपरिया, बमनाहरसमेत चार स्थानमा लामो दूरीको विशेष चेकिङ, गौर, चपुर, गरुडा, मौलापुर, विजयपुर लक्ष्मीनिया गरी सात स्थानमा बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि प्रहरी परिचालन गरिने रौतहट प्रहरीले जानकारी दिएको छ।

राजदेवी मन्दिर, गंगापिपरा, गौर, राजपुर गरी पाँच स्थानमा धार्मिक तथा पर्यटकस्थलको सुरक्षा, बेलबिछवा, गौर भन्सार, बन्जरहा, जयनगर, औरैया, मठिया, बंकुलसमेत गरी १० स्थानमा सिमानाका चोरी तस्करी नियन्त्रणअन्तर्गत प्रहरी परिचलान गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban