नारायणघाट–काठमाडौँ मार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक

रातोघर

 २०८१ आश्विन १९, शनिबार  मा प्रकाशित
३१३ पाठक संख्या


दशैं पर्वका अवसरमा नारायणघाटदेखि काठमाडौँसम्म चल्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभागले घटस्थापनादेखि कात्तिक १ गतेसम्म ट्रेलर लगायत ठूला सवारी साधनलाई यस मार्गमा सञ्चालन गर्न नदिने निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलले दशैंका कारण यात्रुवाहक सवारीलाई प्राथमिकता दिनुपर्ने भएकाले यो निर्णय लिइएको जानकारी दिनुभयो। तथापि, खाद्यान्न, औषधि, तरकारी लगायतका अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन भने सञ्चालनमा रहन पाउनेछन्।

यस निर्णयले दशैंका बेला काठमाडौँ उपत्यकामा भित्रिने र बाहिरिने यात्रुहरूको सहज तथा सुरक्षित यात्रा सुनिश्चित गर्न सहयोग गर्ने विभागको विश्वास छ। विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, र उपभोक्ता सम्बद्ध संस्थाहरूसँगको छलफलपछि यो निर्णय गरेको जानकारी दिएको छ। यातायात व्यवस्था विभागले जारी गरेको सूचनामा आयात–निर्यातका सवारी साधनको हकमा भन्सार प्रज्ञापनपत्र र राजस्व बुझाएको रसिदको आधारमा तेस्रो मुलुकका ढुवानी सवारी साधनलाई भन्सार कार्यालय बन्द रहने अवधिबाहेक सञ्चालन गर्न दिइने पनि स्पष्ट पारेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban