पर्यटकीय नगरी सौराहामा थपियो ‘युआर अटोमेटिक लण्ड्री’ को सेवा

रातोघर

 २०८१ आश्विन १९, शनिबार  मा प्रकाशित
३२७ पाठक संख्या


बाराको सिमराबाट सुरु भएको युआर अटोमेटिक लण्ड्रीको सेवा पर्यटकीय नगर सौराहमा समेत विस्तार गरिएको छ । चितवनको रत्ननगर नगरपालिका ६ सौराहामा लण्ड्रीको सेवा विस्तार गरिएको हो । झण्डै एक करोडको लगानीमा स्थापना गरिएको लण्ड्रीको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीेले उद्घाटन गरेका हुन् । उद्घाटनमा सौराहास्थित होटल संघका प्रतिनिधि, विभिन्न होटल व्यवसायमा आवद्ध व्यवसायी, स्थानीयको उपस्थिती रहेको थियो ।

लामो समयदेखि सिमरामा आधुनिक प्रविधिको प्रयोग गरी लण्ड्री ९लुगा धुने० सेवा प्रदान गर्दै आएका युवा व्यवसायी उमेश चौलागाईं र उनकी पत्नी रिता कंडेलले दोस्रो गन्तब्य सौराहा चयन गरेका हुन् । उनिहरुले शाखा बिस्तार गर्ने क्रममा गुणस्तरीय सेवाका लागि आधुनिक प्रविधि समेत थप गरेका छन् । लण्ड्री संचालक चौलागाईंले पर्यटकीय नगरी सौराहामा संचालित होटल व्यवसायलाई लक्षित गरेर सेवा विस्तार गरिएको इशिलालेखलाई बताए ।

आधुनिक प्रविधिसहितको सेवा लिएर सौराहा आईपुगेको बताउँदै चौलागाईंले गुणस्तरीय सेवा प्रदान गर्नका लागि सधैं झै प्रतिवद्ध रहेको बताए । उद्घाटन समारोह युआर अटोमेटिक लण्ड्रीकी प्रवन्ध निर्देशक रिता कंडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन समारोहको सहजीकरण संचारकर्मी प्रदीप गौतमले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban