सिमराको सबैभन्दा पुरानो बाबा पेट्रोल पम्पले कर्मचारीलाई सम्मान गर्दै मनायो २५ औं स्थापना दिवस

रातोघर

 २०८१ आश्विन २१, सोमबार  मा प्रकाशित
८७० पाठक संख्या


सिमरा । बाराको सिमरामा रहेको श्री बाबा आयल ट्रेडर्स (बाबा पेट्रोल पम्प) ले आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । स्थानीय ब्यवसायी पंकज गुप्ताले पेट्रोल पम्प स्थापना भएको २५ बर्ष पूरा भएको उपलक्ष्यमा पम्पमा काम गर्ने कर्मचारीहरु लाई सम्मान गर्नुका साथै आफ्ना सुभेक्छुक र ग्राहकहरु लाई २५ बर्षसम्मको सह-यात्रामा सहकार्यको लागि धन्यवाद दिएका थिए ।

सिमराको सबैभन्दा पुरानो श्री बाबा आयल ट्रेडर्स (बाबा पेट्रोल पम्प) ले यश क्षेत्रका यातायात ब्यवसायी र स्थानीयहरु लाई सहज रुपमा डिजल र पेट्रोल उपलब्ध गराएको प्रती बुनु फुलट्रीप ढुवानी सेवा सिमराका संचालक सुदिप रिमालले धन्यवाद सहित बधाई दिएका थिए ।

यस्तै गरि होटल सिमरा इनका संचालक गोबिन्द गहतराज, युवा ब्यवसायी राजन उप्रेती लगाएतले बाबा पेट्रोलको २५ औं स्थापना दिवस अवसरमा सुभकामना दिएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban