बाराको सिमरामा ११२ जनाद्धारा रगतदान

रातोघर

 २०८१ आश्विन २३, बुधबार  मा प्रकाशित
३१२ पाठक संख्या


देशभर आएको बाढी र पहिरोका घटनाका कारण रक्तसंचार केन्द्रमा देखिएको रगतको अभाव कम गर्न सिमरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा २ स्थित सिमरा चोकमा आयोजित रक्तदान कार्यक्रममा आठ महिलासहित एक सय १२ जनाले रगत दान गरेका छन् ।

कार्यक्रममा जीतपुरसिमराका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाका अध्यक्ष शिवकुमार शर्मा, सूर्य नेपाल प्रालिका सर्विन श्रेष्ठ, मजदुर नेता बेनी तिमिल्सिनालगायत उपस्थित थिए ।

नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको आयोजना र सूर्य नेपाल प्रा।लि।को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban