भारतको आपतकालीन सहयोगस् बाढीपीडित क्षेत्रमा नेपाललाई १० वटा बेलिब्रिज हस्तान्तरण

रातोघर

 २०८१ आश्विन २४, बिहिबार  मा प्रकाशित
२६७ पाठक संख्या


छिमेकी राष्ट्र भारतले नेपाललाई १० वटा बेलिब्रिज दिएको छ । बाढी पहिरोले अवरुद्ध सडक जोड्न भारत सरकारले नेपाललाई १० वटा बेलिब्रिज दिएको हो । भारत सरकारले ३८ करोड रुपैयाँ मूल्य बराबरको १० थान बेलिब्रिज ९प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज० का लागि आवश्यक सामग्री उपलब्ध गराएको हो । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थितीमा ति सामग्री हस्तान्तरण गरिएको हो । महावाणिज्यदूत देवी सहाय मीनाकाले बेलिब्रिजका थप सामानहरू आगामी दिनमा पनि उलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

भारतले बाढीपहिरोबाट प्रभावित परिवारलाई अत्यावश्यक सरसफाई सामग्री, औषधि, लाइफ ज्याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याबलेट र पानीका बोतलसहितको २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको हो । पर्सा जिल्लाका अधिकारीहरूले यस सहयोगको स्वागत गर्दै भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। साथै, भविष्यमा पनि यस्ता सहयोगको आवश्यकता औंल्याइएको छ।

बेलिब्रिजसँगै भारतले अघिल्लो वर्षहरूमा पनि विभिन्न प्राकृतिक विपद्‌मा नेपाललाई राहत सामग्री र प्रविधिको सहयोग गर्दै आएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban