वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियान सुरु हुँदै

रातोघर

 २०८१ आश्विन २८, सोमबार  मा प्रकाशित
३०१ पाठक संख्या


वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय लामखुट्टेको प्रकोप बढेको जनगुनासोपछि लामखुट्टे नियन्त्रण गर्न विषादी छर्ने तयारी गरिरहेको छ।आगामी कार्तिक १ गतेदेखि महानगरका सबै वडामा विषादी छर्ने अभियान सञ्चालन गरिने महानगरको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी दिएका छन्।

लामखुट्टेको लार्भा नियन्त्रण गर्न ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ गरिने मियाँले बताए। उनका अनुसार विषादी, पानी र मट्टितेल मिसाएर बनाइएको स्प्रे कार्तिक १ गतेदेखि सुरु गरिनेछ। महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा दैनिक तालिका बनाई बिहान र बेलुका स्प्रे गरिने छ।

लामखुट्टेको प्रकोपसँगै डेंगु, मलेरिया जस्ता रोगको जोखिम बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न ३२ वटै वडामा कार्तिक २८ गतेसम्म विषादी छर्ने अभियान चलाइने मियाँले बताए। चिसो मौसम सुरु हुने बेलामा लामखुट्टेको प्रकोप बढ्ने हुँदा नगरवासीलाई सुरक्षित राख्न महानगरले नियमित रूपमा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban