

विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।ओलीविरुद्ध कानुन व्यवसायी युवराज सफलले बिहीबार बिहान अख्तियारमा उजुरी दिएका हुन्। उनले ओलीविरुद्ध छानबिनको माग गरेका छन्।
अख्तियारमा उनले दिएको निवेदनमा भनिएको छ, ‘विवादास्पद व्यापारी, सरकारी जग्गा हिनामिना एवम् जालसाझी मुद्धामासमेत दोषी ठहर भएका भाटभटेनी सुपर मार्केट प्रा।लि।का अध्यक्ष मिनबहादुर गुरुङबाट मिति २०८१ असोज २५ गतेका दिन नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएको र सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीसमेत सरिक भएको भनी विभिन्न संचारमाध्यमहरुबाट सप्रमाण सम्प्रेषण भएका समाचारहरुप्रति म नेपाली नागरिक युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ।‘
भ्रष्टाचार निवारण ऐन २०५९ ९संशोधन सहित०ले दान, दातव्य, उपहार वा चन्दा लिने कार्यलाई भ्रष्टाचार मानेको भन्दै सफलले भ्रष्टाचार निवारण ऐन विपरित देशका प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्न समेत बिवादास्पद व्यापारी मिन बहादुर गुरुङलाई जिम्मा दिएको र सो पार्टी कार्यालय शिलान्यास गराउँदा देशको प्रधानमन्त्रीकोसमेत उपस्थिति देखिएकोले सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपि शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा।लि।का संचालक मिनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ ९संशोधन सहित० बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।
‘प्रतिवादी केपि शर्मा ओली र मिन बहादुर गुरुङलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग गर्दै सप्रमाण प्रस्तुत उजुरी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल, काठमाडौँ समक्ष प्रस्तुत उजुरी पेश गरेको छु,’ उजुरीमा भनिएको छ।





Write your Comment