अनियन्त्रित भई कार पोखरीमा डुब्दा दुई जनाको मृत्यु

रातोघर

 २०८१ कार्तिक २०, मंगलबार  मा प्रकाशित
३७८ पाठक संख्या


सर्लाहीको बयलबासबाट महोत्तरीको गौशाला गइरहेको कार सर्लाही स्थित पोखरीमा डुब्दा दुईजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ४ बजेको समयमा ईश्वरपुर नगरपालिका- २ मियाँखोरस्थित रहेको सरस्वती उच्च माध्यमिक विद्यालय स्कूलको पोखरीमा लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा कार चालक महोत्तरीको गौशला नगरपालिका १० बस्ने अन्दाजी ३८ वर्षीय सुरेश महतो र सोही कारमा सवार महोत्तरी कै सोनमा गाउँपालिका ८ बस्ने ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन् ।

कार अनियन्त्रित भई पोखरीमा डुब्दा कारमा सवार मध्ये गौशला २ बस्ने ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किएका थिए ।

महतो र ठाकुर कारसहित पोखरीमा डुबेकोमा इलाका प्रहरी कार्यालय भक्तिपुरबाट ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी सागरनाथ बेशबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना, सशस्त्र प्रहरी बल नेपाल नं. २ २ छिन्मस्ता बाहिनि बर्दिवासबाट सशस्त्र प्रहरी नायव निरीक्षक भक्त बहादुर खड्काको कमाण्डमा ९ जनाको गोताखोर टोलि खोजतलाश गर्ने क्रममा बिहान साढे ८ बजे शव फेला पारेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban