सप्तरीका एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसियो, आर्थिक अनियमिततामा संलग्न भएको आरोप

रातोघर

 २०८२ अषाढ १०, मंगलबार  मा प्रकाशित
२४१ पाठक संख्या


बारा — आर्थिक अनियमितताको आरोप लागेपछि सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधान कार्यालयको सोमबारको निर्णयअनुसार उनलाई सप्तरीबाट हटाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो।

गृह मन्त्रालय प्रशासन स्रोतका अनुसार खतिवडालाई प्रहरी हेडक्वार्टरबाट सोमबार नै छानबिनका लागि बागमती तानिएको हो। खतिवडाको स्थानमा प्रहरी प्रधान कार्यालयको युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई सप्तरी पठाइएको छ।

केसी यसअघि धादिङमा कार्यरत रहँदा गत असोजमा वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोमा गाडी पुरिँदा जनधनको क्षतिबारे छानबिन समितिले कमजोरी देखाएको भन्दै जिम्मेवारीबाट हटाइएका थिए।

खतिवडामाथि गाँजा मुद्दाका एक अभियुक्त जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत अभियुक्तका भाइ अखिलेश मण्डलसँग ४ लाख रुपैयाँ लिएको आरोप लागेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन सुरु गरेको जनाएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban