सिमरामा प्रहरी प्रमुख र उद्योगीबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रातोघर

 २०८२ अषाढ १२, बिहिबार  मा प्रकाशित
३६७ पाठक संख्या


सिमरा । बाराको सिमरामा इलाका प्रहरी कार्यालय सिमराको आयोजना र पहलमा स्थानीय उद्योग क्षेत्रका प्रतिनिधिहरूसँग एक भव्य परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी प्रशासन र उद्योग क्षेत्रबीच आपसी सहकार्य र समन्वयलाई थप मजबुत बनाउने उद्देश्यले विविध विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरासहित कार्यालय अन्तर्गतका वडा क्षेत्रहरूमा रहेका साना, ठूला उद्योग र कलकारखानाका सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी उद्योग प्रतिनिधिहरूले उद्योग क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट धारणा व्यक्त गरे।

डीएसपी जोशीले सिमरा आसपासको औद्योगिक क्षेत्रलाई सुरक्षित र अपराधमुक्त बनाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए। उनले उद्योगी, व्यवसायी र प्रहरी प्रशासनबीचको सहकार्यले मात्र दीगो सुरक्षा सुनिश्चित हुन सक्ने उल्लेख गर्दै सुझाव र समर्थनका लागि उद्योग प्रतिनिधिहरूलाई आह्वान गरे।

साथै उनले औद्योगिक क्षेत्रका सुरक्षासम्बन्धी चुनौतीहरू समाधान गर्न प्रहरी सदैव तत्पर रहने प्रतिवद्धता जनाए।कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा कलकारखाना प्रतिनिधिहरूले प्रहरी प्रशासनले लिएको सकारात्मक पहलको स्वागत गर्दै आपसी सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। कार्यक्रमले उद्योग क्षेत्रको सुरक्षालाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban