इँटाभट्टाबाट एसईईमा ४ जीपीए : गोमा श्रेष्ठको प्रेरणादायी सफलता

रातोघर

 २०८२ अषाढ १७, मंगलबार  मा प्रकाशित
३०५ पाठक संख्या


चाँगुनारायण, भक्तपुर । इँटाभट्टाको खलामा हुर्केकी गोमा श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा सर्वोच्च ४।०० जीपीए हासिल गरी सबैको ध्यान खिचेकी छिन्। चाँगुनारायण नगरपालिका–८, सुडालस्थित एक इँटाभट्टामा बसोबास गर्ने गोमा बिहान बेलुका इँटा सुकाउने काममा आमाबुवालाई सघाउँदै आएकी थिइन्।

स्थानीय किसानको रोपाइँको मेलाबाट फर्किएकी बेलामा उनलाई एसईईको नतिजा सार्वजनिक भएको खबर थाहा भयो। जब अनलाइनमार्फत नतिजा हेरेर ४।०० जीपीए देखिन्, उनीसहित परिवार, आफन्त र शिक्षकहरू खुशीले गदगद भए।गोमाले विद्यालयमा नियमित पढाइसँगै बिहान र साँझको समय मेहनतको काममा खर्च गरिन्। आर्थिक अभावबीच पनि उनले पढाइलाई निरन्तरता दिइन् र अडिग लक्ष्यसाथ अगाडि बढिन्।

भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी गोमा भन्छिन्, “असल डाक्टर बनेर जन्मदाता, देश र जनताको निःस्वार्थ सेवा गर्नु नै मेरो सपना हो।”गोमाको यो उपलब्धि आर्थिक कठिनाइबीच पनि दृढ संकल्प, कठोर मेहनत र प्रबल इच्छाशक्तिले सफलता कसरी सम्भव हुन्छ भन्ने उदाहरण बनेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban