संघीय निजामती सेवा विधेयकमा गम्भीर षड्यन्त्र भएको अध्यक्ष प्रचण्डको आरोप

रातोघर

 २०८२ अषाढ १७, मंगलबार  मा प्रकाशित
३०५ पाठक संख्या


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन् ।

वाईसीएल नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयक निर्माण र पारित प्रक्रियामा अस्वाभाविक चलखेल र छेडखानी भएको दाबी गरे । उनले परिवर्तनका उपलब्धिहरूमाथि पटक–पटक हमला हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यस्तो कार्यलाई सह्य नहुने स्पष्ट पारे ।

‘संघीय निजामती सेवा विधेयकमा भएको षड्यन्त्रले हामीलाई गम्भीर प्रश्न उठाएको छ,’ उनले भने, ‘यसमा कसले बदमासी गर्‍यो, त्यो छानबिनको विषय हो । चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउन अब हामी गम्भीर भएर लाग्नेछौं ।’

अध्यक्ष प्रचण्डले यस्ता कार्यहरूले मुलुकको संघीयता, समावेशिता र लोकतान्त्रिक प्रणालीमाथि असर पार्ने खतरा रहेको उल्लेख गर्दै त्यसको प्रतिकार गर्न सबैले सतर्क र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

 

 

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban