सामाजिक विकृति र विसंगतिविरुद्ध कक्षा ८ का विद्यार्थीको प्लेकार्ड प्रदर्शन

रातोघर

 २०८२ अषाढ १८, बुधबार  मा प्रकाशित
२६२ पाठक संख्या


बारा, जीतपुरसिमरा उपमहानगरपालिका–४,
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, औराहामा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरूले सामाजिक विषय अन्तर्गत “सामाजिक विकृति तथा विसंगति” विरुद्ध जनचेतना फैलाउने उद्देश्यले प्लेकार्ड प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

विद्यार्थीहरूले बालविवाह, मद्यपान, छुवाछुत, भ्रूण हत्या, लैङ्गिक विभेद, सामाजिक कुरीति जस्ता विभिन्न विकृति र विसंगतिका विरुद्ध सचेतनाका सन्देश समेटिएका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उक्त कार्यक्रम विद्यालयका सामाजिक विषय शिक्षकको समन्वयमा सञ्चालन गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने सन्देश प्रवाह गरेको विद्यालयका सूचना अधिकारी धनप्रसाद बजगाईले जानकारी दिए।

विद्यालय प्रशासनका अनुसार यस्ता सचेतनामूलक क्रियाकलापहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिलाउने, सामाजिक समस्याहरूप्रति संवेदनशील बनाउने र जिम्मेवार नागरिकका रूपमा विकसित गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban