महाबिर पुनले किताब बेचेर बनाएको बीरगञ्ज कृषि औजार कारखाना पुर्ण सञ्चालनमा

रातोघर

 २०८२ अषाढ १८, बुधबार  मा प्रकाशित
२७१ पाठक संख्या


वीरगञ्ज । झण्डै तीन दशकदेखि पूर्णरूपमा बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा आएको छ। जेठ महिनाको अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको यो कारखाना अहिले विभिन्न १४ देखि १५ प्रकारका कृषि यन्त्र र औजारहरूको अनुसन्धान तथा निर्माण कार्यमा सक्रिय रहेको छ।

कारखानाका प्रमुख रितेश देवका अनुसार अहिले कारखानामा धान रोप्ने मेसिन, माछाका भुरा उत्पादन गर्न प्रयोग गरिने इक्वेटर, विडर, खुर्पा, हसिया, चक्कु लगायतका कृषि उपकरणहरूको निर्माण कार्य भैरहेको छ। उनले चितवनका लागि हालसालै तीनवटा धान रोप्ने मेसिन पठाइएको जानकारी पनि दिए।

हाल कारखानामा ४० जना जनशक्ति खटिएको र कारखानालाई आधुनिक स्तरमा रुपान्तरण गर्न करोडौं रुपैयाँ लागत लाग्ने उनले बताए। यद्यपि, सरकारबाट अहिलेसम्म कुनै सहयोग प्राप्त नभएको प्रमुख देवको भनाइ छ।

प्राविधिक भूपेन्द्र यादवका अनुसार कारखाना पुनः सञ्चालनमा ल्याउन कृषि वैज्ञानिक डा। महावीर पुनले आफ्नै किताब बिक्रीबाट जुटाएको रकम प्रयोग गरेका हुन्।

उक्त कारखानाबाट उत्पादित कृषि यन्त्र तथा औजारहरूले देशभरका कृषकहरूलाई कृषि कार्यमा उल्लेखनीय सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban