

काठमाडौं ।
गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ लोकगीत ‘मायाँ गाँसेसी’ सार्वजनिक गरेका छन्। मौलिक लोक स्वाद बोकेको यो गीत उनले आफ्नै युट्युब च्यानल Pritam Shrestha मार्फत सार्वजनिक गरेका हुन्।
गीतमा श्रेष्ठको शब्द सृजनासँगै समिक्षा अधिकारको सुमधुर स्वर सुन्न सकिन्छ। भिडियोमा मुकुन्द भट्ट र दीपिका थापाले अभिनय गरेका छन् भने निर्देशन प्रविन थापाले गरेका हुन्। गीतले नेपाली लोकसंस्कृतिको मौलिकता जोगाउने प्रयास गरेको बताइएको छ।
हाल अमेरिका, क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा बसोबास गरिरहेका श्रेष्ठ सानैदेखि नेपाली गजल र गीत लेखनमा सक्रिय छन्। विदेशमै रहे पनि उनले नेपाली सिर्जनामा निरन्तरता दिँदै आएका छन्।





Write your Comment