

डुमरवाना । जितपुरसिमरा उपमहानगरपालिका स्तरीय महिला सञ्जालको छलफल भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार डुमरवानामा सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य शोभा लामा, उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा (एमाले) मधेस प्रदेशका सचिव मनोज पौडेल लगायतका व्यक्तित्वहरूले महिला सञ्जाल गठन तथा कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उषा सापकोटाले गर्नुभएको थियो। स्वागत मन्तव्य रिता रिजालले राख्नुभएको थियो।
भेलाले जितपुर सिमरा उपमहानगरपालिका स्तरीय महिला सञ्जाल गठन गरेको छ। उक्त सञ्जालमा अध्यक्ष चयन गुरुङ, उपाध्यक्ष इन्दु ढोडारी, सचिव रिना बजगाई, कोषाध्यक्ष लक्ष्मी पाण्डे सहित ३३ सदस्यीय समिति चयन गरिएको छ।





Write your Comment