त्रिवि सभा अन्तिम समयमा स्थगित, प्रधानमन्त्री ओलीको व्यस्तता कारण

रातोघर

 २०८२ अषाढ २१, शनिबार  मा प्रकाशित
३२९ पाठक संख्या


काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भोलि आइतबारका लागि तय गरिएको सभा अन्तिम समयमा आएर स्थगित भएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीको व्यस्तताका कारण सभा स्थगित गरिएको त्रिविले जनाएको छ।

यसअघि त्रिविले असार २२ गतेका लागि सभा तय गरे पनि प्रधानमन्त्रीले सो दिन उपलब्ध नहुने जनाएपछि सभा भोलिका लागि सारिएको थियो। तर, फेरि प्रधानमन्त्रीको व्यस्ततालाई कारण देखाउँदै सभा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो।

उक्त सभामा आगामी आर्थिक वर्षका लागि त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत तथा पारित गर्ने कार्यसूची थियो। उपकुलपति प्राडा केशरजंग बरालको राजीनापछि रेक्टर प्राडा खड्क केसीलाई उपकुलपतिको कार्यवाहक जिम्मेवारी दिइएको छ। केसीकै नेतृत्वमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो।

अब भने नयाँ उपकुलपति नियुक्त भएपछि मात्र त्रिविको सभा बस्ने अनुमान गरिएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban