

जितपुरसिमरा — समग्र उद्योग ट्रेड युनियन महासंघ नेपाल, केन्द्रिय महिला विभागको आयोजनामा योगमाया स्मृति दिवस भव्य रूपमा सम्पन्न भएको छ।
स्व. योगमाया न्यौपानेको स्मृतिमा आयोजित कार्यक्रममा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँले समाज सुधार र महिला जागरणका क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता केन्द्रिय महिला विभागकी सदस्य सम्झना लामाले गरेकी थिइन्। कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, जी।फन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झा, समग्र उद्योग मधेस प्रदेश अध्यक्ष हेमराज न्यौपाने, जितपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाह, मनोज चौधरी, सरु थापा लगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले योगमाया न्यौपानेले नेपालमा महिला अधिकार, सामाजिक न्याय र परिवर्तनका लागि लिएको साहसी नेतृत्वको चर्चा गर्दै, उहाँको जीवनदर्शन आजको पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताएका थिए।
कार्यक्रमले ऐतिहासिक पात्र योगमायाको योगदानलाई स्मरण गर्दै सामाजिक रूपान्तरणमा लागेका महिला अभियन्ताहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन्।





Write your Comment