

सिमरा, बारा । बाराको पथलैया चोकबाट प्रहरीले लागूऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३ मधुवनगोठ निवासी ५४ वर्षीय वीरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटिएको टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना५ख ४८२२ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा चौधरीलाई पक्राउ गरेको हो। बसमा सवार चौधरीको साथमा रहेको कालो झोलाको खानतलासी गर्दा झोलाभित्र लुकाइएको सात किलो चार सय सत्तरी ग्राम ९७.४७० केजी) गाँजा फेला परेको प्रहरीको भनाइ छ।
हाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





Write your Comment