सुवर्ण गाउँपालिका अध्यक्षको टिप्पणीप्रति पत्रकार महासंघको आपत्ति, अभिव्यक्ति फिर्ता लिन आग्रह

रातोघर

 २०८२ श्रावण ७, बुधबार  मा प्रकाशित
१५९ पाठक संख्या


सिमरा । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवद्वारा पत्रकारिता पेशामाथि दिएको अपमानजनक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।महासंघको प्रदेश समितिले साउन ७ गते प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवको अभिव्यक्तिले सिंगो पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाएको हो।

बारा शाखाका अनुसार साउन ६ गते अध्यक्ष यादव चढेको स्कारपियो गाडीमा मोटरसाइकल ठोक्किएर टायर पञ्चर भएपछि उनले चालक युवकसँग गालीगलौज र दुर्व्यवहार गरेका थिए। उक्त घटना पत्रकारहरूले समाचारमार्फत सार्वजनिक गरेपछि त्यसको प्रतिशोधस्वरूप यादवले सामाजिक सञ्जालमा पत्रकारहरूलाई लक्षित गर्दै निराधार आरोप र अपमानजनक टिप्पणी गरेका थिए।

समाचारप्रति असहमति जनाउन कानुनी बाटो खुला हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिबाट सामाजिक सञ्जालमा यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको महासंघको ठहर छ।

महासंघले अध्यक्ष यादवको अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दै तुरुन्तै सामाजिक सञ्जालमा व्यक्त गरिएको भनाइ फिर्ता लिन र आत्मसमीक्षा गर्न आग्रह गरेको छ। प्रेस विज्ञप्तिमा महासचिव शैलेन्द्र महतो ‘क्रान्तिको’ दस्तखत रहेको छ।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban