टेक्सास एनआरएनए उपाध्यक्षमा रामप्रसाद अधिकारी चयन

रातोघर

 २०८२ श्रावण ९, शुक्रबार  मा प्रकाशित
२२४ पाठक संख्या


टेक्सास, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको टेक्सास च्याप्टरको उपाध्यक्षमा रामप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन्। नेतृत्व चयनका लागि भएको मनोनयन प्रक्रियामा अधिकारीको उम्मेदवारीमा अन्य प्रतिस्पर्धी नउठेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिका–२ निवासी अधिकारी ६ वर्षअघि अमेरिका गएका थिए। इशिलालेख डटकमका प्रतिनिधिसमेत रहेका उनी विभिन्न संघ–संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।

उपाध्यक्ष अधिकारीसहित च्याप्टरका अन्य पदाधिकारीहरू पनि निर्विरोध निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा गौरी बुर्लाकोटी, सचिवमा रोचक गौतम, कोषाध्यक्षमा राहुल झा, महिला संयोजकमा इन्दु लामा, युवा संयोजकमा लक्ष्मण थापा तथा बोर्ड अफ डाइरेक्टरमा महेन्द्र पुन निर्विरोध चयन भएका हुन्।

च्याप्टर अध्यक्ष पदका लागि भने निलेश श्रेष्ठ, गोबिन्द गौतम र इश्वर ढकालबीच निर्वाचन हुने भएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban