

कैलाली । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको सात वर्ष बितिसक्दा पनि गोदावरीमा राजधानी कार्यान्वयन हुन सकेको छैन। वन क्षेत्रको भोगाधिकार नपाउँदा काम अघि नबढेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले अब राजधानी धनगढी सार्ने गृहकार्य थालेका छन्। कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्तिसहितको सहमति जुटाएर संसद्मा प्रस्ताव लैजाने तयारी छ।
हाल १३ बिघा सरकारी जमिनमा स्थायी संरचना बनाउने योजना छ। गत ६ वर्षमा अस्थायी संरचनामै २७ करोड खर्च भइसकेको छ।
अब संसद्को नयाँ अधिवेशनमार्फत राजधानी कार्यान्वयनको बाटो खोल्ने तयारी प्रदेश सरकारले गरेको छ।





Write your Comment