

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठलाई लिची बगैंचाको घुसकाण्डबारे पार्टी बैठकमा आएर स्पष्ट जवाफ दिन चुनौती दिएका छन्।
फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै चौधरीले श्रेष्ठलाई पार्टीभित्र विभाजन ल्याएको आरोप लगाउँदै केन्द्रीय समिति बैठक वैधानिक रहेको दाबी गरेका छन्।
‘जनता अन्योलमा छन्, पार्टी अध्यक्षमाथि मुद्दा लाग्दा पनि तपाईंको स्पष्टीकरण छैन,’ भन्दै उनले श्रेष्ठलाई बैठकमा उपस्थित भई जवाफ दिन आग्रह गरेका छन्।
चौधरीले पार्टीलाई बन्धक बनाउन नपाइने र लोकतान्त्रिक प्रक्रिया अपनाउनुपर्ने बताएका छन्।





Write your Comment