

बाराको जीतपुरसिमरा–१५ डुमरवानाका सञ्जोग पाण्डेले साउदी अरबको राजधानी रियादमा ‘स्पुन कर्नर मल्टी क्युजिन रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्।गैरआवासीय नेपाली संघ ९एनआरएनए० साउदी अरबका सह–कोषाध्यक्षसमेत रहेका पाण्डेले बाथा क्षेत्रस्थित उक्त रेष्टुरेन्टको औपचारिक शुभारम्भ गरेका हुन्।
रेष्टुरेन्टको उद्घाटन साउदी अरबस्थित नेपाली राजदूत डा। नरेश विक्रम ढकालले रिबन काटेर गरेका थिए। कार्यक्रममा कूटनीतिक नियोगका सदस्यहरू, समुदायका अगुवा, विभिन्न सामाजिक तथा राजनीतिक संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवी, पत्रकार तथा नेपाली समुदायका उल्लेखनीय उपस्थिति रहेको थियो।रेष्टुरेन्टमा नेपाली ठकाली परिकारसहित भारतीय, चिनियाँ र फिलिपिनी खानाको प्रामाणिक स्वाद पाइने सञ्चालक पाण्डेले जानकारी दिए। “नेपाली स्वाद र आत्मीयता फैलाउने यस्ता पहलहरू विदेशमा बसोबास गर्ने नेपालीका लागि गर्वको विषय हो,” उद्घाटन कार्यक्रममा बोल्दै राजदूत डा। ढकालले भने।
सञ्जोग पाण्डेले नेपाली समुदायलाई लक्षित गर्दै शुद्ध, स्वादिलो र स्वदेशमै भएको अनुभूति दिने सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए। उनले उद्घाटनमा सहभागी भई हौसला र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाए।
को हुन् सञ्जोग पाण्डे ?
डुमरवाना निवासी पाण्डे हालै एनआरएनए साउदीको २०२५–२०२७ कार्यकालका लागि सह–कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका हुन्। यसअघि २०२३–२०२५ कार्यकालमा उनी केन्द्रीय सदस्य थिए।करीब दुई दशक फेशन तथा रिटेल क्षेत्रमा अनुभव बटुलेका पाण्डे हाल मल्टी क्युजिन रेष्टुरेन्ट व्यवसायमा संलग्न छन्। सामाजिक सेवामा पनि सक्रिय उनी उपकारी नेपाली समूह, सिर्जना सांस्कृतिक समूह र पारिवारिक समाज–साउदी अरबजस्ता संस्थामा आबद्ध रहँदै विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।





Write your Comment