विश्व तेस्रो युद्धको चटारो : युद्ध अब भाष्य र रणनीतिमा सघन

रातोघर

 २०८२ श्रावण ११, आईतबार  मा प्रकाशित
२२० पाठक संख्या


काठमाडौं । विश्लेषकहरूका अनुसार संसार नयाँ प्रकारको तेस्रो विश्वयुद्धको चरणमा प्रवेश गरिसकेको छ । यो युद्ध परम्परागत होइन, आर्थिक, सूचनात्मक र रणनीतिक स्तरमा अगाडि बढिरहेको छ ।

विशेषगरी सन् २०१४ यता रुस, चीन र इरानलगायत मुलुकहरू पश्चिमी दबाबविरुद्ध आक्रामक रणनीतिमा उत्रिएका छन् । अर्कोतर्फ अमेरिका र युरोपले युक्रेन, ताइवान र मध्यपूर्वलाई रणनीतिक मोर्चा बनाउँदै बृहत् भिडन्तको तयारी गरेका छन् ।अबको युद्धमा भूमि कब्जाभन्दा बढी वैचारिक प्रभुत्व, सामाजिक विघटन र मनोवैज्ञानिक आक्रमण प्रयोग भइरहेका छन् । युक्रेन युद्धमार्फत नेटोले रुसमाथि दबाब बढाउँदै आएको छ भने रुसले पनि पश्चिमी एकता भत्काउने रणनीति अख्तियार गर्न थालेको छ ।

विश्लेषकहरू भन्छन्— “भ्रमको समय सकिएको छ, युद्ध सुरु भइसकेको छ।” अबको बाटो भनेको केवल दृढ रणनीति र चनाखोपन हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban