रेबिज र सर्पदंशविरुद्धको औषधी सातै प्रदेशमा आपूर्ति

रातोघर

 २०८२ श्रावण १२, सोमबार  मा प्रकाशित
१५० पाठक संख्या


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी सातै प्रदेशमा आपूर्ति गरेको छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीका अनुसार पहिले नै खरिद भइसकेका औषधीहरू प्रदेश सरकारका स्वास्थ्य संस्थाहरूमा वितरणका लागि सम्बन्धित आपूर्ति केन्द्रमा पुगिसकेका छन्।हालै रेबिज र सर्पदंशको औषधी अभावबारे समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका थिए। उनले भावी दिनमा पनि यस्ता औषधीको अभाव नहोस् भन्ने उद्देश्यले आपूर्ति प्रक्रियालाई तीव्र पार्न मातहतका अधिकारीहरूलाई निर्देशन दिएका थिए।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध प्रयोग हुने ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइएको छ।सबैभन्दा धेरै बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ। त्यहाँ १० हजार ८० भायल रेबिजविरुद्धको खोप र १ हजार भायल सर्पदंशविरुद्धको भेनम आपूर्ति गरिएको हो।सर्पदंशको बढी समस्या हुने मधेस प्रदेशमा सबैभन्दा धेरै २ हजार ५ सय भायल भेनम र करिब ५ हजार भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए।

अन्य प्रदेशहरूमा पनि मागअनुसार खोप तथा भेनम आपूर्ति गरिएको मन्त्रालयले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban