आफ्नो विद्यालय छोडेर अनेत्र पढाउन थालेपछि शिक्षकलाई जीतपुरसिमराको चेतावनी

रातोघर

 २०८२ श्रावण १२, सोमबार  मा प्रकाशित
४२५ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत केही शिक्षकहरूले तोकिएको विद्यालय समयमा आफूलाई तोकिएको कक्षामा उपस्थित नभई अन्य विद्यालयमा कक्षा ११ र १२ मा शिक्षण गर्न गएको गुनासो उपमहानगरपालिकाको कार्यालयमा प्राप्त भएको भन्दै कारबाहीको चेतावनी सहित ध्यानाकर्षण गराएको छ ।

चेतावनी दिँदै उपमहानगरपालिकाले सोमबार एक सूचना सार्वजनिक गरेको छ। सार्वजनिक सूचनामा शिक्षा नियमावली, २०५९ को परिच्छेद २२, नियम १३३ को उपनियम १९ज० उल्लंघन गर्दै विद्यालय सञ्चालनको समयमा अन्यत्र शिक्षण गर्न गएका शिक्षक तथा यस्तो कार्यमा संलग्नता देखाउने विद्यालयका प्रधानाध्यापकहरूमाथि नियमानुसार कारबाही हुने स्पष्ट उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “विद्यालय सञ्चालनको समयमा अन्य विद्यालयमा शिक्षण गर्न जान पाइँदैन। यदि कुनै शिक्षकले विद्यालय समय बाहेक शिक्षण गर्न चाहन्छन् भने उनीहरूले आफू कार्यरत विद्यालयको व्यवस्थापन समितिको सिफारिससहित उपमहानगरपालिकामा निवेदन दिनुपर्छ। पालिकाबाट औपचारिक अनुमति प्राप्त गरेपछि मात्र अन्यत्र शिक्षण गर्न पाइनेछ।”शिक्षा क्षेत्रको मर्यादा र गुणस्तर सुधारको लागि पालिकाले चालेको यो कदम अनुशासन कायम गर्ने दिशामा महत्वपूर्ण पहलका रूपमा लिइएको छ। उपमहानगरपालिकाकाका युवा,खेलकुद तथा शिक्षा शाखाका प्रमुख शिवजी प्रसाद द्वारा जारी सूचना सार्वजनिक गरिएको छ।

उपमहानगरपालिकाले शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूलाई शिक्षण पेसामा अनुशासन, जवाफदेही र आचरणको पालना गर्न आग्रह गरेको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban