

काठमाडौँ — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्।
गत शुक्रबारदेखि स्थानीय हायु समुदायका उर्मिला हायु र उनका ६ छोरा र ६ छोरीसहितका परिवार सदस्यहरू सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार साउन ८ गते बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायका लागि वितरण गरेको सामाजिक भत्ताको रकम बुझेपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
“उनीहरूले प्रतिव्यक्ति चार हजार रुपैयाँको दरले तीन महिनाको भत्ता बुझेका थिए,” एसपी सुवेदीले बताए।
विपद्सम्बन्धी केही घटनाहरू पनि सो क्षेत्रमा देखिएको जानकारी दिँदै सुवेदीले उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए। “उहाँहरूको खोजी तीव्र रूपमा भइरहेको छ,” उनले भने।
सिन्धुली प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्य जारी राखेको जनाएको छ।





Write your Comment