

बारा / पर्सा, — लामो समयदेखि वर्षा नहुँदा बारा, पर्सा लगायतका जिल्लाका बासिन्दा पानीको अभावमा दुःख भोगिरहेका थिए। खेतमा सिँचाइ नहुँदा किसानले धान रोप्न पाएका थिएनन् भने रोपिएको धान पनि सुक्न थालेपछि उनीहरू चिन्तित बनेका थिए।
सोमबार यी क्षेत्रमा सामान्य वर्षा भएपछि केही राहत महसुस गरिएको छ। यद्यपि, परेका वर्षा पर्याप्त नभए पनि आगामी दिनमा नियमित वर्षा हुने आशामा किसानहरू आशावादी बनेका छन्।
बर्खायाम सुरु भइसके पनि यस क्षेत्रका धेरै स्थानमा अहिलेसम्म पर्याप्त वर्षा नहुँदा खेत सुक्खा छन् भने अधिकांश पानीका मुहान र धाराहरूसमेत सुक्न थालेका छन्। यसले गर्दा सर्वसाधारणलाई पिउनका लागि आवश्यक पानीसमेत अभाव हुन थालेको छ।
स्थानीय किसान र बासिन्दाहरूले अझ केही दिनमा राम्ररी पानी परेमा अवस्था सामान्य बन्ने विश्वास लिएका छन्।





Write your Comment